
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले आफ्नो पार्टी चुनावको लागि तयार रहेको बताएका छन्। संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै केही दल चुनावबाट भाग्न खोजिरहेको टिप्पणी गरे।
उनले भने, ‘सरकारले पनि मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको छ। सरकारले जेनजीको मर्मभन्दा फरक ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तैः गरेर अघि बढ्दै छ। हामी चुनावको लागि तयार छौँ, अरू कुनै पनि दल त्यसबाट भाग्न पाइँदैन।’
उनले सरकारले पनि निर्वाचनको वातावरण बनाउने कुरामा ध्यान दिनुपर्ने बताए। जेनजी आन्दोलनमा घुसपैठ गरेर महत्त्वपूर्ण भौतिक संरचनाहरू ध्वस्त पारिँदा सुरक्षा निकायको कमजोरी भएको पनि बताए।

Leave a Reply