
काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्काले जेनजी आन्दोलन र पछिल्लो घटनाक्रम षड्यन्त्र भनेर अरुलाई मात्र दोष दिई सही निचोडमा पुग्न नसकिने बताएकी छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा १० बुँदे धारणा राख्दै उनले संसद पुन:स्थापनाको एजेन्डा विकल्प नभएको प्रष्ट्याएकी छन् ।
उनको भनाइ थियो, ‘२०७७ को प्रतिनिधिसभाको विघटन र अहिलेको विघटनको अवस्था एउटै हुँदै हैन । यो सरकारको निर्वाचन गराउने हैसियत त देखिँदैन तर नेकपा एमाले निर्वाचनको पक्षमा छैन भन्ने सन्देश जानु हुन्न, हामी एक्लैले मात्रै चुनावमा नजाने कुरा गर्नै हुन्न । यो विषयमा कांग्रेससँगको सहकार्य अनिवार्य छ ।’
अन्तरविरोध र प्रधान शत्रु पार्टीभित्रै रहेको जस्तो गरी नेतृत्वले गर्ने गरेको व्यवहारले बाहिरी खतरालाई देख्न नसकेको उनको टिप्पणी छ ।
अहिलेको चुनौतीसँग सामना गर्न पार्टीलाई बलियो बनाउन विधानमा दुई कार्यकाल र उमेर उमेर हदलाई पुनर्व्यवस्था गरेर जानुपर्ने, ओलीले अभिभावक भएर बस्नुपर्ने, पूर्वउपाध्यक्ष विद्या भण्डारीको सदस्यता नवीकरण खुलाउनुपर्ने उनको भनाइ छ ।

Leave a Reply