
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समिति बैठकको एजेन्डा तय गरेको छ। पार्टी मुख्यालय सानेपामा बस्ने बैठकका लागि ८ एजेन्डा गरेको हो। बैठक अहिले १ बजेबाट जारी छ।
बैठकमा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम, १५ औँ महाधिवेशन, प्रतिनिधि सभा विघटन र निर्वाचन, तोडफोड र आगजनीबाट पार्टी कार्यालय पुनर्निर्माण, देशभर शान्ति सुरक्षा एवं सुशासनको अवस्था, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माणलगायतको कार्यसूची तय भएको छ।
कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा मतभेद छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतर पक्ष मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर, संस्थापन पक्ष मंसिरमा दुवै महाधिवेशन सम्भव नहुने पक्षमा छ।

Leave a Reply