
काठमाडौं । नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा.लि.बीच घरायसी पर्यावरणमैत्री वस्तु खरिदमा छुट उपलब्ध गराउने सन्दर्भमा सम्झौता भएको छ।
नेपाल बैंकका कर्मचारी र बैंकमा खाता भएका ग्राहकहरूले लिफ प्लसद्वारा उत्पादन तथा बिक्री गरिएका सुपारीको पातबाट बनेका प्राकृतिक घरायसी सामानहरू जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायतका वस्तुहरू खरिद गर्दा विशेष छुट पाउने सम्झौतामा उल्लेख गरेको छ ।
ग्राहकहरूले लिफ प्लसको वेबसाइट (www.leafplusnepal.com) वा सम्पर्क नम्बर ९८०१८७०२०८ र ९८०२३४४१७८ मार्फत सामान खरिद गरी नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत रकम भुक्तानी गरेमा बिल रकममा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
उक्त सम्झौता नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लिफ प्लसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताबाट नेपाल बैंकका ग्राहक र कर्मचारीहरूले स्वदेशमै निर्मित पर्यावरणमैत्री उत्पादनलाई प्रोत्साहन गर्दै सजिलै र छुटसहित खरिद गर्न सक्ने अवसर पाउने भएका छन् ।

Leave a Reply