ज्येष्ठ नागरिकहरु समय बिताउने सेवा केन्द्र पनि जेनजीको निशानामा, सुर्तामा वृद्धवृद्धा (भिडियो)

काठमाडौं । वृद्धा आश्रम जान नपरोस् भन्ने उद्देश्यका साथ ज्येष्ठ नागरिकहरुलाई दिनभरि समय बिताउने साझा थलोका रुपमा स्थापना भएको अग्रज समाज नेपाल ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र जेनजी आन्दोलनको चपेटामा परेर क्षति भएको छ ।

मीन भवन स्थित यातायात व्यवस्था विभागभित्र रहेको एउटा सानो कोठामा सञ्चालित यो सेवा केन्द्र जेनजी आन्दोलनको दिन आगजनीको सिकार बनेको हो ।

अग्रज समाज नेपाल ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रकी नेत्रकुमारी तिमल्सिना ढकाल क्षतिग्रस्त भएको कोठाको ढोका, झ्याल र माथिको बोर्ड गरी तीन थरी संरचनाहरू ज्येष्ठ नागरिकहरुले आफैँले पैसा उठाएर मर्मत गरेका बताइन् ।

उनले भने भनिन्, ‘जेनजी आन्दोलनको बेला ६० वर्षभन्दा माथिका र १०० वर्षसम्मका ज्येष्ठ नागरिक आएर दिन बिताउने ठाउँमा आगो लागेको बताइन् । जेनजी आन्दोलनको दिन पनि ज्येष्ठ नागरिकहरु भेला भएर गफगाफ गर्दा गर्दै भाग्नु परेको थियो । आन्दोलनपछि आएर हेर्दा हाम्रो मन्दिर, कुर्सी र भजनकृतन गर्ने समानहरु र अध्ययन गर्ने सबै सामान जलेर खरानी भएको रहेछ । हामी अहिले कसरी यो कार्यालय पुनर्निर्माण गर्ने भनेर चिन्तामा छौँ । ज्येष्ठ नागरिक वृद्धाश्रम जानु नपरोस् भनेर बनाएको ठाउँ आन्दोलनले खरानी बनायो । अब यो कार्यालय कसरी बनाउने भन्ने चिन्ता छ ।’

पुनर्निर्माणका लागि भने उनीहरुले यातायात व्यवस्था विभागसहित सबै सरोकारवाला निकायहश्रसँग सहयोगको याचना गरिरहेका छन् ।

संस्थाका कोषाध्यक्षका अनुसार, कोठा धेरै ठूलो छैन, सामान्य खालको छ, र यसलाई पुनर्निर्माण गर्नका लागि बुवाआमाहरू आफैँ कसरी सकिन्छ भनेर लागिरहेका छन् । संस्थाका वर्तमान उपाध्यक्ष र कोषाध्यक्ष पुनर्निर्माणको पहलमा सक्रिय छन् ।

६० वर्षमाथिका नागरिकको दैनिकी कटाउने ठाउँ

यो संस्था महाप्रसाद पराजुलीले खोलेका थियो । ६० वर्ष कटेका ज्येष्ठ नागरिकहरु यहाँ आबद्ध छन् । यहाँ आउने ज्येष्ठ नागरिकहरूको उमेर समूह ८०-८२ वर्षदेखि १०० वर्षसम्मका छन् । हालका संस्थाका अध्यक्ष पनि ७५ वर्षका रहेका छन् ।

ज्येष्ठ नागरिकहरू पनि नियमित आउने गरेका छन् । संस्थाको मुख्य उद्देश्य ज्येष्ठ नागरिकहरूलाई दिनभरि एकै ठाउँमा भेला गराएर, गफगाफ गरी दिनचर्या बिताउने वातावरण मिलाउनु हो । ज्येष्ठ नागरिकलाई वृद्धा आश्रम जानु नपरोस् भनेर यो कार्यालय खुलेको हो ।

ज्येष्ठ नागरिकहरू ११ बजे केन्द्रमा आएर दिनचर्या सुरु गर्छन् । उनीहरुको दैनिक क्रियाकलापमा भजन कीर्तन, गफगाफ गर्नुका साथै धार्मिक ग्रन्थहरू अध्ययन गर्ने कार्य गर्छन् ।

जेनजीको आन्दोलनले कार्यालय जल्नुभन्दा पहिले भागवत र रामायण पढ्ने तथा महाभारतहरु अध्ययन गर्ने गरेका थिए । दिनभर विभिन्न ठाउँबाट यो केन्द्रमा आएर बेलुका आफ्नो घर जाने गरेका थिए ।

यो केन्द्र वि.सं. २०७६ साल असार २९ गतेदेखि यातायात व्यवस्था विभागभित्रको कोठामा सञ्चालन हुँदै आएको थियो । ज्येष्ठ नागरिकहरुले पहिले ५०० जनाबाट यो कार्य सुरु गरेका थिए । पहिले ५०० जनाबाट यो कार्य सुरु गरेका थिए ।

सामान्य दिनहरुमा यहाँ दैनिक १० देखि १५ जनासम्म ज्येष्ठ नागरिकहरू आउने गरेका थिए । कुनै समय ३०, ४० वा ५० जनासम्म धेरै ज्येष्ठ नागरिकहरू सहभागी भएर दिनभर कुराकानी गर्ने र राति घर जाने गरेका थिए ।

सेवा केन्द्रको पुनर्निर्माण र दिगो सञ्चालनका लागि सहयोग गर्न चाहने जो कोहीले सहयोग गर्न सक्ने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *