
काठमाडौं । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) को साउथ एण्ड इस्ट एसियाको रिजनल काउन्सिलरमा नेपालबाट रोशनी अधिकारी पाठक निर्वाचित भएकी छन् ।
आइयूसीएनका सदस्य राष्ट्रका प्रतिनिधिले गरेको मतदानमा अधिकारीले सर्वाधिक दोश्रो मत पाएकी हुन् । सात देशका उम्मेदवार रहेकोमा पाँच देशका उम्मेदवार निर्वाचित भएका छन् ।
रोशनी अधिकारीले यसअघि आइयूसीएनसँग आवद्ध विभिन्न नेपाली सदस्य संस्थाहरूमा अनुभव बटुलेकी छिन्।
उनी नेपाल वातावरण पत्रकार समूहकी पूर्वअध्यक्ष, बर्ड कन्जरभेसन नेपालकी आजीवन सदस्य तथा स्मल म्यामल्स कन्जरभेसन एण्ड रिसर्च फाउण्डेसनको बोर्ड सदस्य पनि रहेकी छन्। सञ्चार र संरक्षण क्षेत्रमा उनको दुई दशकभन्दा लामो अनुभव छ।
अधिकारीको पक्षमा नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक लबिङ गरेको थियो । कूटनीतिक नियोगहरू-काठमाडौँमा रहेका र विदेशस्थित-मार्फत मे महिनादेखि नै उनको समर्थनमा पहल थालिएको थियो


Leave a Reply