
काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर-सिक्समा नेपालले ओमनलाई १५२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ बलमा ६८ रन बनाए । आसिफ शेख २४, कप्तान रोहित पौडेल १, दीपेन्द्रसिंह ऐरी २, कुशल मल्ल ७, आदिल आलम १६, नन्दन यादव ९ र गुल्सन झा १८ रनमा आउट भए । सोमपाल कामी १ रनमा अविजित रहे । बलिङमा नदिम खानले सर्वाधिक ४ विकेट लिए ।

Leave a Reply