
रुपन्देही । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।
बुधबार इकोमस इन्टरनेसनल (द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स)को ६०औं वार्षिकोत्सवका अवसरमा लुम्बिनी आएका विभिन्न देशका प्रतिनिधिलाई स्वागत गर्दै उनले सम्पदाको संरक्षण र संवर्द्धनमा साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।
उपाध्यक्ष लामाले बुद्धको शिक्षा केवल बौद्धमार्गीका लागि नभई सम्पूर्ण मानव जगतको हितका लागि भएको उल्लेख गर्दै ध्यान र करुणाको माध्यमबाट क्लेशरहित जीवन सम्भव हुने बताए । ‘बुद्धको शिक्षा नै एक प्रकारको विज्ञान हो, जसलाई सबै मानवले अपनाउन सक्छन्’, उनले भने ।
त्यस अवसरमा लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाणेकाजीले लुम्बिनीको विकासका लागि ‘मायादेवी सुत्केरी मार्ग’ को अवधारणा अघि सारिएको जानकारी दिए । उनले बुद्ध जन्मपछि मायादेवीले गरेको यात्रालाई पर्यटनसँग जोड्न सकिने बताए ।
पाणेकाजीले नेपालको पर्यटन विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । इकोमसका विश्वभर ११७ देशमा राष्ट्रिय समिति, ३१ वैज्ञानिक समिति र १३७ देशका १२ हजार ७१५ विज्ञ सदस्य रहेको जानकारी दिइएको छ


Leave a Reply