
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरू २३ औँ दिनदेखि आन्दोलित छन् । नेप्सेका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँको राजीनामा माग गर्दै नेप्से कर्मचारी संघले सुरु गरेको आन्दोलन आज २३ औँ दिनमा पनि जारी रहेको हो ।
कर्मचारीहरूले सीईओ चापागाईँलाई ‘असक्षम’ भन्दै उनको राजीनामाको माग गरिरहेका छन् । उनको खोजी गरिदिन सूचना समेत टाँसेका छन् ।

नेप्से कर्मचारी संघले ‘अक्षम सीईओ चूडामणि चापागाईँ राजीनामा दे !’ र ‘अक्षम अध्यक्ष हेमन्त बस्याल राजीनामा दे !’ लेखिएका ब्यानर तथा प्लेकार्डहरू बोकेका छन् । साथै, उनीहरूले सीईओ चापागाईँलाई ‘सम्पर्कविहीन’ भएको भन्दै उनको खोजी गरिदिन सबैमा अनुरोध गरेका छन् ।
आन्दोलन जारी रहे तापनि नेप्सेको दैनिक सेवा प्रवाह भने सुचारु रहेको कर्मचारी संघका अध्यक्ष नवराज थापाले जानकारी दिए । लगानीकर्ता तथा सेवाग्राहीहरूका लागि कार्यालयबाट प्रदान गरिने सेवाहरूमा कुनै अवरोध नगर्ने समेत उनले बताए ।

कर्मचारी संघले २३ दिनदेखि निरन्तर आन्दोलन गरिरहे पनि कर्मचारीको सम्पर्कमा सीईओ चापागाईँ छैनन् । कर्मचारीहरू माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् ।

Leave a Reply