इप्पानले भन्यो- जलविद्युतको फ्री शेयर मागेर आतंकित पारिँदैछ, प्रधानमन्त्रीले जिम्मा लिने कि नलिने ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविधुत आयोजनाहरूमा निशुल्क शेयर माग गर्न थालिएको जानकारी गराएका छन् । बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

‘थुप्रै आयोजनामा फ्री शेयर माग्न थालिएको छ । आयोजनामा तोडफोड हुन थालेको छ । यसको जिम्मा प्रधानमन्त्रीले लिने कि नलिने ?’ कार्यक्रममा अध्यक्ष कार्कीले भने ।

भोटेकोशीको घटनापछि अराजकता बढेको समेत उनले गुनासो गरे ।

ऊर्जा उत्पादकहरूको समस्या सेबोनले नसुनेको उनले गुनासो गरे । आईपीओ ल्याउन नपाउदा आयोजनाहरु समस्यामा परेको उनले गुनासो समेत गरे ।

‘हामी अदालतदेखि अख्तियारसम्म जानु पर्ने स्थिती आएको छु, उनले भने, ‘आन्दोलन समेत गर्नु परे गर्नेछौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *