
काठमाडौं । नेकपा एमालेले समसामयिक प्रस्तावको मस्यौदा तयार गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ।
जारी केन्द्रीय कमिटी बैठकमा समसामयिक प्रस्तावको मस्यौदा तयार गर्नको लागि उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा कमिटी गठन गरेको महासचिव शंकर पोखरेलले बताए।
कमिटीमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र महेश बर्लौला सदस्य छन्। तीनदिनसम्म चल्ने एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ। बैठकलाई अहिले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन्।

Leave a Reply