संसद विघटनबारे दलहरुसँग छलफलमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् विघटनबारे छलफल गर्नको लागि दलहरूसँग छलफल सुुरु गरेका छन् । सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने दलका तत्कालीन प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।

बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भइरहेको सभामुखको सचिवालयले जनाएको छ। बैठकमा उपसभामुख इन्दिरा रानापनि सहभागी  छिन् ।

बैठकमा प्रमुख दलका तत्कालीन प्रमुख सचेतकहरू छन् । एमालेबाट महेश बर्तौला, कांग्रेसबाट श्याम घिमिरे, राप्रपाबाट ज्ञानेन्द्र शाही, माओवादीबाट हितराज पाण्डेलगायत तत्कालीन प्रमुख सचेतकहरु सहभागी भएका छन् ।

सभामुखले राजनीतिक दलसहित कानुन व्यवसायी र विज्ञहरूसँग पनि संसद् विघटनबारे राय लिइरहेका छन्।

संसद् विघटन असंवैधानिक भएपछि कांग्रेस एमालेबाहेक अरू दल निर्वाचनमा जानुको विकल्प नभएको पक्षमा उभिएका छन्।
संसद् विघटनबारे सर्वोच्च अदालतमा पनि रिट परिसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *