काम गर्दागर्दै कसरी असफल बनाइए ओली ?

केपी शर्मा ओलीलाई केहीले नेपालको राजनीतिमा एक राष्ट्रवादी, प्रभावशाली र विकासमुखी नेताका हेर्छन् । केहीले केन्द्रिकृत शक्ति, असहिष्णुता र विवादास्पद निर्णयका रूपमा आलोचना गर्छन् ।

तर, नयाँ चुच्चे नक्सा प्रकाशन, भारतीय नाकाबन्दीको सामना, चीनसँगको पारवहन सम्झौता, लोडसेडिङ अन्त्य, मेलम्ची आयोजना सञ्चालन, राष्ट्रिय गौरवका परियोजना र देशलाई सुरुङ मार्गमा प्रवेश– यी सन्दर्भसँग उनको लगाव, भूमिका र सफलता निर्भर छन् ।

२०७२ मा नेपालको संविधान जारी भएपछि ओली प्रधानमन्त्री बने । संविधानको प्रारम्भिक कार्यान्वयन, संघीय संरचनाको प्रारम्भ, प्रदेश प्रणालीको कार्यान्वयन र नयाँ कानूनी ढाँचा तयार गर्ने काम उनको प्रधानमन्त्रीत्वमा भयो । ‘संविधानको रक्षा र कार्यान्वयन’ लाई आफ्नो पहिलो प्राथमिकता बनाउँदै नेपालको संविधान कार्यान्वयन र स्थायित्वको आधार तयार पारे । राष्ट्रिय गौरवका आयोजना अघि बढाए । उनको कार्यकालमा धेरै बृहत् पूर्वाधार आयोजना शुरु वा तीव्र भए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ९भैरहवा०, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना– दशकौंदेखि रोकिएका आयोजना थिए, ती सञ्चालनमा ल्याइए । २०७७ सालमा पहिलो पटक काठमाडौंमा मेलम्चीको पानी आइपुग्यो । बूढीगण्डकी जलविद्युत आयोजना, मध्यमार्ग (हुलाकी राजमार्ग), पूर्व–पश्चिम विद्युत प्रसारण लाइन, रेल योजना (जयनगर–जनकपुर–बर्दिबास) र पेट्रोलियम पाइपलाइन (नेपाल–भारत) पनि उनकै कार्यकालका उपलब्धी हुन् ।

राष्ट्रिय स्वाभिमान र ‘स्वावलम्बन’ नीतिको सुदृढीकरण गर्न उनले ‘स्वाभिमानपूर्ण विदेश नीति’ र ‘नेपाल कसैको भरमा होइन, आफ्नै बलमा अघि बढ्छ’ भन्ने सन्देश दिए । भारतले नाकाबन्दी गरेको बेला उनले वैकल्पिक आपूर्ति मार्ग खोजे र चीनसँग व्यापार तथा पारवहन सम्झौता गरे । यो नेपाल–चीन सम्बन्धमा ऐतिहासिक कदम थियो । ग्यास, तेल र औषधी चीनमार्फत् ल्याउने सम्झौता पनि पहिलोपटक उनकै समयमा भयो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा २०७७ मा सार्वजनिक भयो । भारतले आफ्नो नक्सामा नेपाली भूभाग समेटेपछि ओली सरकारले नेपालको नयाँ नक्सा आधिकारिक रूपमा प्रकाशित गर्‍यो । जुन कार्यलाई नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको प्रतीकात्मक विजय मानिन्छ ।

कोभिड–१९ महामारीको व्यवस्थापन, महामारीको पहिलो चरणमा क्वारेन्टाइन, लकडाउन, परीक्षण र स्वास्थ्य पूर्वाधार निर्माणका प्रयास भए । नेपालमा पहिलोपटक पीसीआर परीक्षण प्रणाली, भेन्टिलेटर आपूर्ति र अस्पताल सुधार अभियान शुरु गरियो । स्वदेशमै कोभिड–१९ भ्याक्सिन खरिद र खोप अभियानको थालनी ओलीकै कार्यकालमा भयो ।

ऊर्जा आत्मनिर्भरता र निर्यातको बाटोमा ‘लोडसेडिङ अन्त्य गरिएको घोषणा’ ९२०७३० ओलीकै पहिलो प्रधानमन्त्रीकालमा गरियो । यो नेपालका लागि ऐतिहासिक उपलब्धि मानिन्छ ।

ऊर्जा निर्यातका लागि भारत र बंगलादेशसँग सम्झौताका पहल पनि उनकै कार्यकालमा भए । संघीय शासन र स्थानीय निर्वाचन २०७४ सालमा तीन तहका निर्वाचन (स्थानीय, प्रादेशिक, संघीय) सफलतापूर्वक सम्पन्न भयो । संघीय संरचनालाई व्यवहारमा ल्याउन राजनीतिक स्थायित्व दिलाउने प्रमुख भूमिकामा ओली नेतृत्वकै सरकार थियो ।

वातावरणीय र सांस्कृतिक पहल ‘हरित नेपालको अभियान’, ‘एक घर एक रूख’ जस्ता कार्यक्रम र पर्यटन प्रवद्र्धन वर्ष २०२० ९भिजिट नेपाल २०२०० को घोषणा पनि ओलीको कार्यकालमा भयो, जुन कोभिड महामारीका कारण रोकियो ।

प्रशासनिक सुधार र सुशासनका प्रयासमा ई–गभर्नन्स (डिजिटल नेपाल फ्रेमवर्क) को घोषणा, नागरिकता, भूमिसुधार र प्रशासनिक संयन्त्र सुधारका लागि कानूनी पहल ओलीले नै गरेका थिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा ओलीले राष्ट्रिय मार्गदर्शनको रूपमा प्रस्तुत गरे । उनको नेतृत्वमा नेपालको विकास दर्शनले आत्मनिर्भरता, राष्ट्रिय गौरव र सामाजिक न्यायमा जोड दियो ।

उनले संविधान जारी भएपछि संघीयता, प्रदेश र स्थानीय तह कार्यान्वयनमा अग्रणी भूमिका खेले । राजनीतिक स्थायित्व दिलाउने अथक प्रयास गरे । तर, पार्टी एकता र सत्ताको लागि शक्ति केन्द्रित गर्ने, आलोचकका अनुसार ‘संविधानको आत्मा कमजोर’ बनाउने प्रयासका गरेको भन्दै आलोचित भए । उनले भारतको नाकाबन्दीपछि चीनसँग पारवाहन सम्झौता गरे ।

ऐतिहासिक ‘स्वावलम्बन’ नीतिको थालनी गरे । तर, भारतसँग सम्बन्ध तनावपूर्ण बनाएको आरोपस कूटनीतिक संवादमा ‘भावनात्मक राष्ट्रवाद’ हावी भएको भनी आलोचकले आलोचना गर्न छोडेनन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ नक्सा जारी भयो । राष्ट्रिय गौरव बढाए । चीनमा शक्ति राष्ट्रसँग भारत र चीनले हाम्रो स्वीकृतिबिना भूमिमा गरेको ब्यापार सम्झौता स्वीकार्य नहुने चट्टानी अडान राखे । तर, भारतसँग वार्ता अघि बढाउन असफलस नक्सा जारीपछिको व्यवहारिक कार्यान्वयन कमजोर भन्दै आलोचकले आलोचना गर्न छोडेनन् ।

लोडसेडिङ अन्त्य, मेलम्ची आयोजना सञ्चालन, हवाईस्थल, सडक र जलविद्युत आयोजनामा गति, तर ठूला परियोजनामा पारदर्शिता र गुणस्तरको प्रश्न उठे । ठेकेदार र कमिशन खाएको आरोप खेप्नुपर्यो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारासहित आत्मनिर्भरता र उत्पादनमुखी नीति अवलम्वन गरे । तर, व्यावहारिक कार्यान्वयन अभाव, बेरोजगारी र मुद्रास्फीति नियन्त्रण गर्न नसकेको आरोपको धुन आलोचकले बजाइरहे ।

कोभिड–१९ व्यवस्थापनमा प्रारम्भिक खोप अभियान, स्वास्थ्य पूर्वाधार निर्माण, जनचेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन भए । तर, ढिलो निर्णय, कमजोर तयारी, खरिदमा अनियमितता र मनोबल गिराउने भाषण (जस्तै ‘गर्म पानीले भाइरस मर्छ’) जस्ता आरोप खेपिरहे । तीन तहको निर्वाचन सम्पन्न भए । संघीय शासनको आधार सुदृढ पार्न हरदम लागिपरे, तर ‘सत्ता लोभका कारण’ भन्दै दुईपटकको संसद् विघटनले संविधान र संघीयता कमजोर पार्ने प्रयास गरेको भनी आलोचना सहनुपर्यो ।

ई–गभर्नेन्स, नागरिक सेवा सुधारका प्रयास भए । ओली प्रधानमन्त्री बन्ने क्रममा एमाले र कांग्रेसबीच सहयोग र समायोजन गरी सरकार गठन भयो, जसले केही समयका लागि राजनीतिक स्थायित्वको वातावरण तयार भएको थियो । धेरैले असम्भव ठानेका काम सरकारको कदमले सम्भव बनाएको थियो । तीन वर्षे तथ्याङ्क र उपलब्धी सार्वजनिक भयो ।

त्यसले कामकाजी योजना र प्राथमिकताबारे जनतामाझ जानकारी पुर्‍याउन मद्दत गरेको हो भन्ने विश्वास छ । तर, सामाजिक सञ्जाल प्रतिबन्धलगायत केही विवादास्पद कदमले तनाव बढाएको थियो । जसले नयाँ पुस्ताको राजनीतिक, सामाजिक र नैतिक असन्तुष्टिमा आधारित जेनजी पुस्ताको आन्दोलन, विरोध प्रदर्शनलाई जन्म दियो । अन्ततः राजीनामा दिने स्थिति आयो ।

पछिल्लो समयमा विकसित जेनजी आन्दोलनको मर्म भ्रष्टाचार, बेरोजगारी, ठूला दलहरूको असफलता, सामाजिक अन्याय र राजनीतिक नैतिकताको ह्रासविरुद्ध थियो। यसको केन्द्रीय नारा थियो ‘हामी पुस्ता परिवर्तन चाहन्छौं’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘राजनीतिक उत्तरदायित्व देऊ’ । यो आन्दोलनले विशेषतः पुराना दलका नेतृत्व (जस्तैः कांग्रेस, एमाले, माओवादी) प्रति जनअसन्तुष्टि प्रकट गर्‍यो ।

ओलीले यो आन्दोलनको प्रारम्भिक चरणमा युवाहरूको असन्तुष्टि बुझ्नुपर्ने भनाइ दिए । आन्दोलनले तोडफोड, आगजनी, लुटपाट र हिंसाको रुप लिएपछि यसको स्वरूपप्रति संशय र आलोचना व्यक्त गरे । उनका कथनहरूमा यो आन्दोलनलाई ‘राजनीतिक एजेण्डा बोकेको समूह’, ‘विदेशी प्रभावमा सञ्चालित’ वा ‘राजनीतिक अस्थिरता ल्याउने प्रयास’ भनेर चित्रण गरिएको पाइन्छ ।

आन्दोलनका मागमध्ये केही बुँदालाई संस्थागत सुधार र सुशासनसँग सम्बन्धित भन्दै समर्थन जनाए । पुराना दलको दीर्घकालीन शासन र निराशाजनक परिणामको विरोध भयो । ओली, प्रधानमन्त्री र प्रमुख पुरानो दल ९एमाले० का नेता भएकाले यो आन्दोलनको ‘लक्षित वर्ग’ मध्ये एक बने । आन्दोलनका नारा र पोस्टरमा ‘पुराना नेताको पुस्ता अब बिदा होस्’ भन्ने सन्देशले ओलीलगायत अघिल्लो पुस्ताका नेतालाई पुरानो पुस्ताको प्रतीकको रूपमा चित्रित गर्‍यो । ओलीले आफ्नो पार्टीलाई ‘युवा–मैत्री, सुधारवादी र राष्ट्रवादी’ भन्दै नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास गरे । एमालेभित्र ‘युवा नेतृत्व सशक्तीकरण अभियान’ पुनर्जीवित गरिएका नै देखिन्छन् ।

ओलीप्रतिको असन्तुष्टिको कारण के होलान् भनी विभिन्न स्थान र समयमा आम मानिससँग छलफल गर्दा प्राप्त जवाफमा ओलीको भाषण शैली व्यंग्यात्मक, कटाक्षपूर्ण र कहिलेकाहीँ अहंकारी देखिने गरेको कारण धेरैलाई असहज बनाएको पाइन्छ ।

उनले विरोधी र सञ्चारमाध्यमलाई ‘देशविरोधी’, ‘बिकाऊ’ भन्ने अभिव्यक्ति दिएको पनि मन नपरेको, पार्टीभित्र र बाहिर धेरै निर्णयहरू परामर्शबिना एकल रूपमा गरेको, उनले अधिनायकवादी प्रवृत्ति देखाएको, संसद् विघटन गरेर पुनः निर्वाचन घोषणा गर्दा उनको विरुद्ध व्यापक विरोध भएको, संविधान र संस्थामाथिको विवादास्पद हस्तक्षेप गरेको, संवैधानिक निकायमा पार्टीका मान्छे नियुक्ति र संविधान उल्लंघन गरेको, सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर उनको कदम असंवैधानिक ठहर गरेको, ‘रेल ल्याउँछु, पानीजहाज चलाउँछु, समुद्रमा नेपाल पुग्छ’ जस्ता भनाइले उनलाई लोकप्रियता खोज्ने व्यक्तिका रुपमा चित्रित् गरियो ।

नेपालका राजनीतिक दलमा परनिर्भरता र सहायता–केन्द्रित प्रवृत्तिका कारण विदेशी शक्ति ९भारत, अमेरिका, चीन० सबैले प्रभाव जमाउने प्रयास गर्छन् । ओलीको स्वतन्त्र निर्णय शैलीले विदेशी शक्ति सन्तुष्ट भएनन् । त्यसैले उनलाई ‘कठोर राष्ट्रवादी’ भनेर हटाउन, पदच्यूत गर्न हरप्रयास गरिरहे । विदेशी सञ्चार माध्यममा र देशभित्रका केही मिडियामा ओलीको विरोधी रिपोर्ट बढी प्रस्तुत गर्ने गरेको कारण पनि आम जनमानसमा भ्रम फैलिएको पाइयो ।

जनताले प्रमाणको आधारमा होइन, सामाजिक सञ्जालमा रहेका भ्रामक सूचनाको आधारमा धारणा बनाई दिन्छन् । यद्यपि, ओली, जसले नेपाली पहिचान, नक्सा, र सार्वभौमसत्ताको मुद्दा उठाएका कारण राष्ट्रवादी नेताका रूपमा चिनिन्छन् । उनको कार्यकालले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता, र पूर्वाधार विकासका दृष्टिले ऐतिहासिक मोड लियो र उनको राष्ट्रवादी दृष्टि र आत्मनिर्भरता अभियानले जनभावनामा राष्ट्रप्रेमको गहिरो छाप पारेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *