संसद् विघटनबारे सभामुखले भोलि दल र कानुन व्यवसायीसँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् विघटनबारे छलफल गर्नको लागि दलहरूलाई बोलाएका छन्। भोलि बिहान ९ बजे संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक डाकेका हुन्।

बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुखले राजनीतिक दलसहित कानुन व्यवसायी र विज्ञहरूसँग पनि संसद् विघटनबारे राय लिइरहेका छन्।

संसद् विघटन असंवैधानिक भएपछि कांग्रेस एमालेबाहेक अरू दल निर्वाचनमा जानुको विकल्प नभएको पक्षमा उभिएका छन्।
संसद् विघटनबारे सर्वोच्च अदालतमा पनि रिट परिसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *