देउवाले खड्कालाई कार्यवाहक दिएपछि सिटौलाले भने- महाधिवेशनबाट नेतृत्व परिवर्तन हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले संकटको बेलामा एकताबद्ध भएर अघि बढ्ने निर्णय गर्न निर्देशन दिएको बताएका छन्।

केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको विधान अनुसार महाधिवेशनबारे छलफल गर्न भनेको बताए।

उनले भने, ‘पार्टीको विधानमै केन्द्रीयदेखि जिल्ला सभापतिसम्म दुई कार्यकालभन्दा बस्न नपाउने, उहाँले पहिला पनि भन्नुभएको हो, १५ औँ महाधिवेशनमा म सभापतिको उम्मेदवार नै होइन भनेर, अबको महाधिवेशनबाट पार्टी सत्ता हस्तान्तरण हुने नै हो।’

१५ औँ महाधिवेशनको तयारी विधान अनुसार अघि बढाउन सभापतिले भनेका पनि बताए। देउवाले आजको केन्द्रीय समिति बैठकबाट उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। सिटौला पनि संस्थापन पक्षबाट नेतृत्वको आकांक्षीममध्ये एक हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *