तक्मेबुढाको निर्देशनमा बनेको चलचित्र ‘मैझारो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । तक्मेबुढा उपनामले परिचित विल्सन बिक्रम राईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मैझारो’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

३ मिनेट ४९ सेकेण्ड लामो ट्रेलरमा आफ्नो प्रेमको लागि गर्ने संघर्ष र त्यसपछि उत्पन्न हुने समस्यालाई प्रस्तुत गरिएको छ। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु धिरज मगर, मिरुना मगर, दिया पुन, दयाहाङ राई छन्।

चलचित्रमा निर्देशक विल्सन बिक्रम राई स्वयंले पनि अभिनय गरेका छन् । निर्देशक राईकै कथा रहेको यो चलचित्र पुर्व इलामको पाँचथर आसपासमा खिचिएको छ।

तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

सौरभ लामाले छायांकन गरेको यो चलचित्र तिहारको भाइटीका अर्थात कातिक ७ गतेबाट प्रदर्शनमा आउँदैछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *