
काठमाडौं। ९ वटा चलचित्र बनाएर सबैबाट सफलताको स्वाद चाखेका निर्देशक, निर्माता तथा अभिनेता हुन, दीपकराज गिरी। आफूले बनाएका सबै चलचित्र हिट हुनुको श्रेय गिरी दर्शक र भगवानलाई दिन्छन्।
उनी हरेकपटक आफ्ना चलचित्रहरु दशैंको छेको पारेर प्रदर्शन गर्ने गर्दछन्। दर्शक पनि दशैं भन्नासाथ दीपकको चलचित्र आउछ भन्नेमा ढुक्क हुन्छन् । तर यसपटक भने दीपकले आफ्ना शुभचिन्तक र दर्शकलाई निराश तुल्याए। उनले यो दशैंमा आफ्नो कुनै चलचित्र प्रदर्शनमा ल्याएनन।
दशैंमा उनको चलचित्र हेर्ने बानी परेका दर्शकले भने उनलाई खुबै मिस गरे। कतिले दीपकले सामाजिक सञ्जालमा आफूले हाल्ने गरेको स्टाट्समा समेत गुनासो व्यक्त गरे। ‘अब हास्छ अमेरिका’का लागि अमेरिका पुगेका दीपकले त्यहीँबाट एक अन्तर्वार्ता दिँदै यो दशैंमा आफ्नो चलचित्र नआउँदा दर्शकले गरेको गुनासो र विराज भट्टसँग आफ्रलाई गरिएको तुलनाबारे बोलेका छन्।
उनले भनेका छन् ‘दर्शकहरुले मेरो पर्सनल इन्बक्समा पनि तपाई यो दशैंमा आउनुपर्ने भनेर लेखिरहनुभएको हुन्छ। उहाँहरुको माया प्रति म आभारी छु। मलाई के लाग्छ भने, हामीले एउटा चलचित्र राम्रो बनाएरमात्र उद्ध्योगमाथि जादैन। उद्धयोगमाथि जानलाई सबैको चलचित्रले एउटा न्युनतम गुणस्तर कायम गर्नैपर्छ। त्यो कायम भएन भने दर्शक भडकिन्छन र भड्केको दर्शकलाई फेरि ट्रयाकमा ल्याउन गाह्रो हुन्छ।’
‘खासमा दर्शकले मलाई मिस गरेका होइनन, मनोरञ्जनको प्यासलाई मिस गरेका हुन। तर अहिले लागेका तीनवटै चलचित्रले राम्रो गरेको छ। साथीभाइहरुले राम्रो गर्नुभएको छ। तीनवटै चलचित्रले एउटा आकँडा पार गर्न नसकेपनि वा लक्ष्य छुन नसकेपनि, दशैँमा निराश नै बनायो भन्न चाहि मिल्दैन,’ उनले थपे।
यसपटक चलचित्र प्रदर्शन गर्न नपाएकोमा आफूलाई पनि न्यास्रो लागेको दीपकले सुनाए। उनले भने,‘हामीलाई पनि यो पटक न्यास्रो लाग्यो। अक्रो वर्ष पक्का आउछौँ।’
त्यस्तै, अन्तर्वार्तामा उनले सामाजिक संजालमा आउने ुविराज भट्ट भर्सेस दिपकराज गिरीु बारे पनि आफ्नो धारणा व्यक्त गरेका छन। उनले भनेका छन,‘मलाई खासमा यो भर्सेस भन्नेमा विश्वास नै छैन। म धेरै आर्शीवाद पाएको मान्छे हो। म अहिलेको होइन, पुरानो समयको मान्छे हो। अहिलेसम्म दर्शकले यत्रो आर्शीवाद दिनुभएको छ। मलाई दर्शक हलसम्म आइदिए हुन्छ।’
‘म त अबको समय युवाकै हुनुपर्छ भन्ने मान्छे हो। चाहे त्यो समिर भट्ट होस या अनमोल केसी होस। वा अहिले हुनुभएका अन्य वा अब आउने युवाहरु हुन। अबको समय उनीहरुको हो,’उनले जोडे।
एक अर्काको चलचित्रलाई नराम्रो नभनौ भन्दा आफू गलत भएको दिपकले बताएका छन। सामाजिक संजालमा देखिएको मनमुटावबारे दिपकले भनेका छन,‘खासमा हामीबीच केही छैन। म त मिलेर सबैसँग काम गर्न चाहन्छु। सन्तोष सेनसँग त पहिलासँगै मिलेर काम गर्ने कुरा पनि भएको थियो। तर पछि केके भयो।’
‘खासमा हाम्रो क्षेत्रमा सानो कुरा पनि ठूलो भइदिन्छ। दुईवटा चलेका नायकहरु एउटै चलचित्रमा भएभने बर्बादै भएजस्तो हुन्छ। सानो कुराले ठुलो रुप लिन्छ। बाहिर हेरौँ न, सबै मिलेर काम गरिरहेका हुन्छन। एउटै चलचित्रमा ३,४ वटा चलेका अनुहार हुन्छन् ।त्यहीँ पनि मिलेका हुन्छन् । सबै मिले बजार बढ्ने हो। म त सबै मिल्नुपर्छ भन्ने मान्छे हो,’ उनले सुनाए।

Leave a Reply