
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने बताएका छन्।
केन्द्रीय समिति बैठकअघि पार्टी कार्यालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाधिवेशनबारे पार्टीले निर्णय लिने बताए।
उनले भने, ‘कांग्रेसले पहिला मुलुकको बारेमा सोच्नुपर्छ, कस्तो पार्टी बनाएर अहिले समस्या समाधान गर्न सकिन्छ भन्नेबारे छलफल हुन्छ, बैठकले नियमित कि विशेष महाधिवेशन तोक्छ।’
उनले कांग्रेसले सबै राजनीतिक पार्टी र जेनजी पुस्तासँग सल्लाह गरेर संविधान परिवर्तन गर्नुपर्ने बताए।

Leave a Reply