
काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सरकारले चुनाव गराए कांग्रेस पछि नहट्ने बताएका छन्।
केन्द्रीय समिति बैठकअघि पार्टी कार्यालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसद् विघटनविरुद्ध सर्वोच्चको फैसला कुर्दै कांग्रेस चुनावमा लाग्ने बताए।
उनले भने, ‘सरकार गठन भएको एक महिना भइसक्यो तर देशमा बहुदलीय व्यवस्था छ भन्ने सरकारले बिर्सिएजस्तो गरेको छ। दलहरूबिना चुनाव सम्भव हुँदैन। त्यसैले राजनीतिक दलहरूसँग संवाद गरोस्।’
उनले संसद् विघटनविरुद्ध सर्वोच्चमा परेको रिटबारे कानुन र संविधानसम्वत् निर्णय गर्ने विश्वासका साथ प्रतीक्षामा रहने पनि बताए। उनले बैठकबाट कांग्रेस एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे।

Leave a Reply