
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक जारी छ। कपिलवस्तुको शिवगढीमा जारी बैठकमा नेताहरुले बोल्ने क्रम चलिरहेको छ।
बैठकमा महासचिव विप्लवले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको प्रस्ताव पेस गरेका थिए। बैठकमा नेताहरुले माओवादीसहित विभिन्न पार्टीसँग एकतादेखि निर्वाचन आयोगमा पार्टी दर्ता गरेर जानुपर्नेसम्मको सुझाव आएका छन्।
माओवादीसँग एकता गर्ने भनिएपछि लामो समयदेखि सहमति जुट्न सकेको छैन। महासचिव विप्लवकै नेतृत्वमा कम्युनिस्ट केन्द्र निर्माण गरेर जानुपर्नेसम्मको विषय उठेपनि केन्द्रीय समिति बैठकले ठोस निर्णय लिने तयारी छ।
बैठकमा पार्टीको आन्तरिक संगठनात्मक सुदृढीकरण, जनआन्दोलनको तयारी र राष्ट्रिय राजनीतिमा कम्युनिस्ट शक्तिको भूमिकालगायतको विषयमा छलफल भइरहेको जनाइएको छ। केन्द्रीय समिति बैठकअघि विप्लवले स्थायी समिति बैठक बैठक राखेका थिए।

Leave a Reply