कांग्रेस बैठकअघि सानेपामा कडाइ, प्रहरीसँगै नेविसंघ र तरुण दलका कार्यकर्ता पनि सुरक्षामा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित पार्टी कार्यालयमा केही बेरमा सुरु हुँदैछ । बैठकअघि कार्यलय परिसरमा कडा सुरक्षा तैनाथि गरिएको छ ।

जेनजी आन्दोलनमा पिटिएका सभापति शेरबहादुर देउवा त्यसयता पहिलोपटक पार्टी बैठकमा सहभागी हुन लागेकाले सुरक्षा कडा बनाइएको हो । अहिले कार्यालयको गेट बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । साथै, कांग्रेसका भातृ संगठन तरुण दल र नेविसंघका कार्यकर्ता पनि सुरक्षा दिने भन्दै उभिएका छन् ।

कांग्रेस नेताहरु बैठकमा आउने क्रम सुरु भएको छ । सुरक्षा संवेदनशीलता भन्दै केन्द्रीय सदस्यहरुलाई कार्यलयभित्र गाडी लैजान दिइएको छैन । उनीहरुले अन्यत्रै गाडी पार्क गरेर आउनुपर्ने छ । पत्रकारहरुलाई पनि कडाइ गरिएको छ । सबैजना देउवाको पर्खाइमा छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *