सन्दीप लामिछाने बने प्लेयर अफ द म्याच

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत कतारसंग रोमाञ्च जित निकाल्दा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने प्लेयर अफ द म्याच बनेका छन् ।

 

कतारविरुद्ध शानदार बलिङ प्रदर्शन गरेका सन्दीप प्लेयर अफ द म्याच बनेका हुन् । उक्त खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको थियो ।

 

जिततर्फ उन्मुख भएको कतारलाई रोक्दै सन्दीपले नेपाललाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए ।

 

३.५ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर ५ विकेट लिएका हुन् । उनले अन्तिम ओभरमा २ विकेट लिदै खेल नेपालको पक्षमा पारे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *