जडीबुटीमा टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीका दिनेशको मृत्यु

काठमाडौं । काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१-००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।

-रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *