
काठमाडौं । नेपाली कांग्रेस निकट नेविसंघले पार्टी सभापति शेरबहादुर देउवामाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गरेको छ।
जेन-जी आन्दोलनपछिको परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दुजाङ शेर्पाले पार्टी सभापति देउवा र पत्नी आरजु राणामाथि सुनियोजित रूपमा हमला गरेको भन्दै कारबाहीको माग गरेका हुन्।
उनले जेन-जीले उठाएको मागलाई अब संस्थागत रूपमा उठाउने पनि बताए। राजनीतिक दलहरूको पुनर्संरचना गरी पार्टी, संसददेखि स्थानीय तहसम्म ४० प्रतिशत युवा सुनिश्चित हुनुपर्ने माग अघि सारेको छ।
फागुन २१ गते निर्वाचन तोकिएकाले निर्वाचनअघि नै नियमित महाधिवेशन गर्न पनि माग गरेको छ।






Leave a Reply