
‘केपी ओलीलाई झुक्किएर पनि जिम्मेवारीको पदमा नपुर्याउनू, उनले पार्टी र देश दुर्घटनामा पार्नेछन्, ओलीलाई लगाम लगाउनुपर्छ।’ मदन भण्डारीको भनाइ भनेर पछिल्लो समय चर्चामा रहेको यो भनाइको आधिकारिकता चाहिँ कतैबाट पुष्टि भएको छैन ।
चरम गुटबन्दीबाट एमाले नेतृत्व हत्याएका ओलीलाई त्यसपछि पार्टीभित्र कसैले लगाम लगाउनु त परको कुरा, उनको विकल्प खोज्ने कुनै परिस्थिति नै बनेन। उनले पार्टी कब्जा गरेपछि उनको जबर्जस्त देवत्वकरण गर्नतिर एउटा समूह उद्यत रह्यो। विरोधीहरूलाई किनारीकृत गरियो, धेरैलाई पार्टी छोड्न बाध्य बनाइयो, फरक विचार राख्नेलाई भित्तामा पुर्याइयो र कतिपयलाई चल्नै नसक्ने गरी जिम्मेवारीबाट विमुख गराइयो। आजीवन पार्टी नेतृत्वमा बसिरहने महत्त्वाकाङ्क्षा बोकेका उनले जसरी एमाले चलाए, त्यसरी नै आफ्ना आसेपासेको फाइदा र संरक्षण गरेर सरकार पनि चलाए। फलतः सर्वत्र असन्तुष्टि छायो। परिणामतः जेन-जी विद्रोहले ओलीलाई सिंहदरबारबाट गुन्डुको सानो कोठरीमा पुर्यायो।
जेन-जी आन्दोलनपछि कांग्रेस-एमालेभित्र नयाँ पुस्ताले हस्तक्षेपकारी भूमिका निर्वाह गरेर पार्टीलाई पुनर्जीवित गर्लान् भन्ने आमअपेक्षा थियो। तर, कांग्रेस-एमालेभित्रका युवामा देउवा र ओलीको विकल्प खोज्ने हिम्मत कसैले पनि गरेनन् । विगतमा जस्तै उनै भ्रष्ट देउवा-ओलीले ‘दिन्छन् र खाउँला’ भनेर उनीहरूकै गुणगान गाउँदै आशा गरिरहेका छन्।
सबैभन्दा निर्लज्ज प्रचण्ड देखिए, लोभी र पदको भोक कहिल्यै नमेटिने शेरबहादुर देउवा देखिए, तर उनीहरूभन्दा पनि निर्लज्ज र क्रूर त केपी ओली देखिए। ओलीलाई दम्भ देखाएर कलिला नौजवानहरूको ज्यान लिएको कुनै ग्लानि छैन। थुप्रै आमाका काख रित्तिए, त्यसको कुनै पश्चात्ताप छैन। अझै घमण्ड र आडम्बर मात्रै देखाइरहेका छन्। अहिले पनि ओलीलाई हेर्न नचाहनेको सङ्ख्या उल्लेख्य छ। उनकै सरकारको नेतृत्वमा चरम भ्रष्टाचार बढेपछि जनतामा छाएको निराशाले जेन-जी विद्रोहबाट ओली प्रधानमन्त्री पदबाट बहिर्गमित हुन पुगे। उनको बहिर्गमनपछि संसद्भन्दा बाहिरकी व्यक्ति पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा आसिन भइन्। संविधान सभाबाट जारी भएको संविधानले सुशीलालाई प्रधानमन्त्रीका रूपमा चिन्दैन। यो संविधानलाई निष्क्रिय बनाउने काम हो। अहिले संविधानलाई मृतप्रायः बनाउन खोजिँदैछ।
ओलीले दुई पटकसम्म असंवैधानिक रूपमा संसद् विघटन गरे। संविधानलाई भत्काउने प्रयास त्यहीँबाट सुरु भएको थियो। तर, त्यस्ता गल्तीलाई ओलीले कहिल्यै स्वीकार गरेनन्। उनको विशेषता नै गल्ती र आत्मालोचना स्वीकार नगर्ने हो। उनले संसद् विघटन गरेर संविधानलाई लङ्गडो बनाउन खोजे पनि सर्वोच्च अदालतले लयमा फर्काइदियो। संसद् पुनर्स्थापना र त्यसपछिको निर्वाचनबाट एउटै दलले सरकार बनाउन सक्ने अवस्था नभएपछि पालैपालो सत्ताको म्युजिकल चेयरको खेल चलिरह्यो। दुई ठूला राजनीतिक दलको मिलेमतोमा सत्ताको दोहन भएपछि जेन-जी आन्दोलनले ओलीलाई सत्ताबाट नराम्ररी बढारिदियो।
देउवा सहज बहिर्गमनको खोजीमा छन्। प्रचण्ड पुनः नेतृत्वमा आउन नाटक मञ्चन गरिरहेका छन्। ओली भने अझै बाँचुन्जेल ‘मैँ खान्छु’ भनेर नेता-कार्यकर्ताबीच हुँकार गरिरहेका छन्। गोदावरी विधान महाधिवेशनबाट ७०-वर्षे उमेर हद र दुई कार्यकालसम्बन्धी पार्टीको विधानलाई च्यातेर नेतृत्वमा बसिरहने सपना पालेका ओली विरोधीलाई ठेगान लगाउन अझै उद्यत देखिन्छन्। नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनका बहस गर्नेमाथि पुनः कारबाहीको धम्की दिइरहेका छन्।
जेन-जी आन्दोलनपछि कांग्रेस-एमालेभित्र नयाँ पुस्ताले हस्तक्षेपकारी भूमिका निर्वाह गरेर पार्टीलाई पुनर्जीवित गर्लान् भन्ने आमअपेक्षा थियो। तर, कांग्रेस-एमालेभित्रका युवामा देउवा र ओलीको विकल्प खोज्ने हिम्मत कसैले पनि गरेनन् । विगतमा जस्तै उनै भ्रष्ट देउवा-ओलीले ‘दिन्छन् र खाउँला’ भनेर उनीहरूकै गुणगान गाउँदै आशा गरिरहेका छन्। अहिले ठूला राजनीतिक दल सच्चिने अवस्थामा छैनन्। देउवा, ओली र प्रचण्ड सकिन्छन्, तर उनीहरू सच्चिँदैनन्। २०६२/६३ को जनआन्दोलनअघि नै देउवा र ओलीको महत्त्व सकिएको थियो। पछि जबर्जस्त स्थापित त भए, तर अहिले उनीहरू फेरि इतिहासकै सबैभन्दा जटिल सङ्कटमा छन्।
जनआन्दोलनअघि सम्पूर्ण सत्ता दरबारलाई बुझाएर प्रतिगमन र निरङ्कुशताको सुरुवात तिनै शेरबहादुर देउवाले गरेका थिए। महाकाली सन्धिजस्ता राष्ट्रघाती काम उनैले गरे। नेता-कार्यकर्ता गणतन्त्रका लागि सङ्घर्ष गरिरहँदा उनी दरबारसँग मिलेर भित्रभित्रै गणतन्त्रविरोधी अभियान चलाउँथे। पटक-पटक गल्ती गर्दा पनि पुरस्कारस्वरूप देउवा र ओलीलाई पुनः राजनीतिको मूलधारमा ल्याउने कांग्रेस-एमाले पंक्तिले ठूलो गल्ती गरेको छ। त्यो गल्ती उनीहरू फेरि दोहोर्याउँदै छन्।
त्यसैले, फ्रेस म्यान्डेट भएको नेतृत्व आउन नसक्दा लामो विरासत बोकेका पार्टीहरू नराम्ररी बढारिने अवस्थामा पुगेका छन्। देउवा, ओली र प्रचण्डका कारण देशमा जेन-जी विद्रोह भयो। पुनः तिनै हेर्न मन नलाग्ने अनुहारलाई अगाडि सारे ठूला पार्टीहरू धुलीसात हुनेछन्, किनकि देशले नयाँ कोर्स खोजिरहेको छ। जेन-जी विद्रोहले आशाको किरण दिएको छ। विगतका भ्रष्ट नेतालाई सरकारले कारबाही गरेर जनताको चाहनाबमोजिम नागरिकको जीवनरक्षाको प्रत्याभूति दिनुपर्ने हुन्छ।
एमालेको सङ्गठन माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेलहरूले बनाएका थिए। अहिले ईश्वरबाहेक अरू एमालेमा छैनन्। ओलीले एमालेका लागि राजनीतिक योगदान केही पनि गरेका होइनन्। पार्टीको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ मदन भण्डारीले प्रतिपादन गरेका हुन्।
पार्टी राजनीतिबाट देउवा, ओली र प्रचण्डलाई फाल्न नसकिए पनि सत्ता राजनीतिबाट उनीहरू फालिएको अवस्था छ। पार्टी राजनीतिमा कांग्रेस, एमाले र माओवादीका दोस्रो र तेस्रो तहका युवा नेताले हिम्मत नगरेपछि ती नेतालाई फाल्न जेन-जी नै आउनुपर्यो। ती हाई-प्रोफाइल नेताहरूको असफलताले देश बर्बादीतिर बढेपछि नयाँ पिँढीले २४ घण्टा नबित्दै सत्ता परिवर्तन गर्यो। यति चाँडो परिवर्तन आउनुमा देउवा, ओली र प्रचण्डको असक्षमताको भूमिका छ। यी तीन अनुहारप्रति नेपाली जनताको घृणा र तिरस्कार उत्तिकै धेरै छ। अहिलेको सरकार गठन नै संविधानबाहिरबाट भएको छ। देउवा, ओली र प्रचण्डको पार्टीभित्रबाट बहिर्गमन भइदिएको भए यो जेन-जी विद्रोहको आवश्यकता पर्ने थिएन। तीन नेताको बहिर्गमनका लागि देश खरानी बन्न पुग्यो।
ओलीको अति अहंकारका कारण पार्टी र देश नै दुर्घटनामा गयो। मदन भण्डारी र मनमोहन अधिकारीले बनाएको विरासत ओलीले खरानी बनाए। तर पनि, एमाले नेता-कार्यकर्तामा अझै चेत आएको छैन।
देउवा सहज बहिर्गमनको खोजीमा छन्। प्रचण्ड पुनः नेतृत्वमा आउन नाटक मञ्चन गरिरहेका छन्। ओली भने अझै बाँचुन्जेल ‘मैँ खान्छु’ भनेर नेता-कार्यकर्ताबीच हुँकार गरिरहेका छन्। गोदावरी विधान महाधिवेशनबाट ७०-वर्षे उमेर हद र दुई कार्यकालसम्बन्धी पार्टीको विधानलाई च्यातेर नेतृत्वमा बसिरहने सपना पालेका ओली विरोधीलाई ठेगान लगाउन अझै उद्यत देखिन्छन्। नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनका बहस गर्नेमाथि पुनः कारबाहीको धम्की दिइरहेका छन्। सङ्गठन बलियो र आन्तरिक लोकतन्त्रको बहस अनि फरक विचारलाई महत्त्व दिने पार्टीका रूपमा स्थापित हुँदै आएको एमाले ओलीको नेतृत्वपछि हुकुमी शासनबाट चल्दै आएको छ। पार्टीभित्र गुटको बीउ रोपेर गुटकै आडमा नेतृत्व हत्याएका ओलीले एमालेको आन्तरिक सङ्गठन ध्वस्त पारे। उनले पार्टी विधि र सङ्गठनबाट भन्दा गुटबाट चलाए। कुनै बेलाको एमालेको मजबुत सङ्गठन अहिले छिन्नभिन्नजस्तै छ।
एमालेको सङ्गठन माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेलहरूले बनाएका थिए। अहिले ईश्वरबाहेक अरू एमालेमा छैनन्। ओलीले एमालेका लागि राजनीतिक योगदान केही पनि गरेका होइनन्। पार्टीको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ मदन भण्डारीले प्रतिपादन गरेका हुन्। पार्टीको इज्जत मनमोहन अधिकारीले बढाइदिए। २०४६ सालको संयुक्त आन्दोलनमा ओलीको नेतृत्व थिएन। २०६२/६३ को जनआन्दोलनमा राजा फाल्नु हुँदैन भनेर उनी बद्री मण्डलसँग वार्तामा थिए। ‘गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो’ भन्ने ओली नै हुन्। महाकाली सन्धि एमालेको बैठकमा पारित गराउने भूमिका उनैले खेले। त्यही कारण एमाले विभाजित भयो, त्यसका दोषी उनै हुन्। चरित्रतः देउवा र ओली उस्तै हुन्।
एमालेभित्र यस्तो पक्ष हावी छ, जो लामो समय ओलीको गुटमा रहेर उनको गुणगान गाउने, पार्टीभित्र अन्य पक्षलाई उठ्नै नदिने र आलोचना गर्नेलाई भित्तामा टाँस्ने वा सकेसम्म पार्टीबाट निष्कासन गर्ने काम गर्छ। ओलीकै कारण देशमा यस्तो घटना भयो भन्ने उनीहरूलाई पटक्कै महसुस छैन। पार्टी अहिले कठिन मोडमा उभिएको छ। यस्तो अवस्थामा पार्टीलाई पुनर्जीवित गर्नुको सट्टा ओलीलाई नै अगाडि सारेर एमाले झन् ओरालो यात्रामा हिँडिरहेको छ। पार्टीभित्र ‘हामीले खाइहाल्यौँ, पाए फेरि खाने, तर अरूलाई दिने होइन’ भनेर ओली र उनको समूह अहिले गीत गाइरहेको छ।
ओलीको अति अहंकारका कारण पार्टी र देश नै दुर्घटनामा गयो। मदन भण्डारी र मनमोहन अधिकारीले बनाएको विरासत ओलीले खरानी बनाए। तर पनि, एमाले नेता-कार्यकर्तामा अझै चेत आएको छैन। अहिले पनि एमाले पंक्तिमा चेतना नआए त्यो पार्टी इतिहासमा सीमित हुने पक्का छ। एक हिसाबमा एमाले अहिले शय्यामा छटपटाइरहेको छ। मृत अवस्थाबाट माथि उठाउने हिम्मत एमाले पंक्तिमा अझै देखिँदैन। अझै ओलीको नाम जपेर सती गए ठूलो क्षति निश्चित छ।
(प्रेस चौतारी भोजपुरका पूर्वअध्यक्ष राईको निजी विचार)

Leave a Reply