
काठमाडाैं । इलामे राष्ट्रसेवक कर्मचारी समाजले पहिराे प्रभावितलाई ३० हजार सहयाेग गर्ने निर्णय गरेकाे छ ।
जिल्ला विपद व्यवस्थापन समिति इलामकाे काेषमा उक्त रकम हस्तान्तरण गरिने समाजले जनाएकाे छ ।
समाजका अध्यक्ष तीर्थ प्रकाश पाैडेलकाे अध्यक्षतामा आइतबार काठमाडाैंमा बसेकाे कार्यसमितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले इलामे लगायत सम्पूर्ण राष्ट्रसेवकलाई सहयाेगकाे अपिल पनि गरेकाे छ । सहयाेग जम्मा गर्न इलाम विकास समाजकाे अगुवाइमा संयुक्त खाता खाेलिएकाे छ ।
बैठकले मृतकहरू प्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै, शाेकाकुल परिवारप्रति समबेदना र घाईतेहरूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे छ ।


Leave a Reply