
काठमाडाै । काठमाडौं महानगरपालिकाले अवकाशसप्राप्त जुनसुकै क्षेत्रका कर्मचारीका लागि ‘सिल्भर भोलिन्टियर’ कार्यक्रम ल्याएको छ । मेयर बालेन्द्र शाह बालेनले फेसबुकमार्फत महानगरकाे निर्माणमा उनीहरुलाई सहयाेग गर्न आग्रह गर्दै यस्ताे कार्यक्रम ल्याएकाे जानकारी दिएका छन् ।
महानगरपालिकाले ४५ वर्ष पुरा गरेका र अवकाश प्राप्त भएका व्यक्तिहरूसँग मिलेर सामाजिक र शहरी विकासमा योगदान पुर्याउने उद्देश्यले ‘सिल्भर भोलिन्टियर’ कार्यक्रमको शुभारम्भ गरेको बालेनले जानकारी दिएका छन् ।
यस कार्यक्रमले विभिन्न क्षेत्रमा अनुभव र सीप भएका वरिष्ठ नागरिकहरूलाई शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, शहरी विकास, सम्पदा संरक्षण जस्ता प्रमुख क्षेत्रहरूमा काम गर्न अवसर प्रदान गर्नेछ।
यस कार्यक्रमअन्तर्गत इच्छुक व्यक्तिहरूलाई काठमाडौं महानगरपालिकासँग मिलेर काम गर्ने अवसर दिइनेछ। आवेदन दिनका लागि लिंक मा क्लिक गर्न सकिन्छ ।
थप जानकारीका लागि शहरी योजना आयोगको सचिवालय, विवेक बास्तोलासँग सम्पर्क गर्न सकिने पनि मेयर बालेनले बताएका छन् ।

Leave a Reply