खाद्य प्रविधिको भवनबाट थालियो काठमाडौं प्रशासनको काम

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि नयाँ भवनबाट सञ्चालनमा आएको छ । काठमाडौंको बबरमहलमा रहेको कार्यालयमा गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनकर्मीले आगजानी गरेर ध्वस्त बनाएपछि कार्यालयका सेवा केहि दिनदेखि कार्यालय परिसरबाटै प्रदान गरिँदै आएका छन् ।

केहि दिन ध्वस्त भएको कार्यालयको परिसरबाट सेवा दिइरुहेको जिल्ला प्रशासन कार्यालयले आजदेखि उक्त कार्यालय नजिकै रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको एक भवनमा सरेर सञ्चालनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी एवम प्रवक्ता मुक्ति रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार आजदेखि कार्यालयले राहदानीका लागि आवेदन दिने बाहेकका सबै प्रकारका सेवा सुचारु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम प्रवक्ता रिजालले भने, ‘यस कार्यालयबाट प्रवाह हुने सबै प्रकारका ९राहदानी आवेदन बाहेकका० सेवा आजदेखि पूर्ववत् रूपमा सुचारु भएका छन् ।’ कार्यालयले सेवा प्रवाहका थप विवरण र आवश्यक जानकारी क्रमशः सार्वजनिक गर्ने उनको भनाई छ ।

सहरी विकास तथा भवन निर्माण विभागले रातो स्टिकर लगाएको ध्वस्त भवनको २०० नम्बर कोठामा बसेर प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलले कार्यालयका नियमित काम कारबाही अघि बढाइरहेका थिए । आइतबारदेखि भने प्रमुख जिल्ला अधिकारी पौडेल र सहायक प्रमुख जिल्ला अधिकारीको कक्षा सरेको नयाँ भवनमा व्यवस्थापन गरिएको छ । नागरिकता लगायतका कतिपय काम भने पुरानै भवनको जल्नबाट जोगिएको कोठाबाट हुदैँ आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *