
काठमाडौं । गायक केहर सिंह लिम्बुले नयाँ गीत ‘झ्यालैमा’ सार्वजनिक गरेका छन् । यवापुस्तामा निकै रुचाइएका लिम्बुको गीत केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक भएको छ ।
‘झ्यालैमा’मा केहरसिंहको एकल स्वर छ भने गीतको कम्पोज सुमन तामाङ र केहर सिंह मिलेर गरेका हुन् । भिडियोमा भिडिओमा केहरले मीना योसिदा गुरूङसँग अभिनय गरेका छन्। भिडिओको निर्देशन सागर लामिछाने मगरले गरेका हुन्।
केहर सिंहका ‘सरर सरर’, तिमीलाई सम्झेर’, ‘टुटेको मुटु’, ‘बैगुनी’ गीत चर्चित छन् । अहिले सार्वजनिक भएको गीतले पनि दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

Leave a Reply