
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा रहेको द लायन एयरलाइन्सको जहाज ओभरसुट गरिएको छ ।
बैंकक-काठमाडौं उडानमा रहेको उक्त जहाजले अवतरण गर्नुपूर्वका कतिपय प्राविधिक तयारी पूरा नगरेका कारण ओभरसुट गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रेञ्जी शेर्पाले ओभरसुट नभएर मिस अप्रोच भएको बताए ।
‘अवतरणका लागि आवश्यक पर्ने जहाजको गति, उचाइजस्ता कुरा मिल्नुपर्छ, त्यो नमिलेका कारण जहाजले अवतरण नगरेको हो’, उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि उक्त जहाज भारतको लखनउ विमानस्थलतर्फ डाइभर्ट भएको छ ।

Leave a Reply