
काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु आन्दोलनसँगै निर्वाचनको तयारीमा जुटेको छ ।
अनेरास्ववियुका महासचिव दिपक धामीले सर्कुलर जारी गर्दै कमिटी मातहतका विद्यार्थीहरूलाई मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेका छन् ।
सर्कुलरमा लोकतन्त्रको रक्षा र संस्थागत सुदृढीकरणका लागि संगठनको सम्पूर्ण शक्ति एकताबद्ध भएर राष्ट्रहितमा सक्रिय रहनुपर्ने उल्लेख छ ।


Leave a Reply