
रुपन्देही । नेकपा एमाले रुकुमपूर्वीले अनेरास्ववियु र राष्ट्रिय युवासंघ नेपालको व्यवस्थापनामा शनिबार जिल्ला सदरमुकाम रुकुमकोटमा युवा-विद्यार्थी विशेष भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
भेलामा पोलिटब्यूरो सदस्य एवं जिल्ला इञ्चार्ज खेममान खड्काले राष्ट्र, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको लागि युवा विद्यार्थीहरु सचेत हुनुपर्ने बताए । युवाको नाममा गत भाद्र २३ र २४ गते देशब्यापी भएको आतंक र विध्वशंले देशलाई दशकौं वर्ष पछाडि धकेलेको र त्यसले नेपाली समाजलाई गहिरो चोट पुर्याएको उनको दाबी थियो ।
खड्काले संकटको बेला बेमौसमी नेतृत्व परिवर्तनको बहस गर्नुभन्दा वस्तुनिष्ट समीक्षासहित जनताको बीचमा जानुपर्ने उल्लेख गरे। नेतृत्व परिवर्तनको कुरा उठाएर पार्टीभित्र तथा बाहिरका तत्वहरु लागिरहेको दावी गर्दै सडक र सामाजिक संञ्जालवाट नभई नेतृत्व विधि र पद्धतिबाट मात्र हुने बताए ।
देशको बदलिँदो राजनीतिक परिस्थिति, गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछिका घट्नाहरुका बारेमा युवारविद्यार्थीहरुलाई सत्य तथ्य वुझाउनु पर्छ भन्ने उद्देश्यले जिल्ला पार्टीको आयोजनामा भेलारअन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणि गौतमले जनाए ।
अध्यक्ष गौतमले नेकपा एमालेको नीति र नेतृत्व सहि हुँदा हुँदै पनि जनतालाई बुझाउन नसक्नु भित्रको कमजोरी रहेको स्वीकार्दै पार्टी सरकारमा रहँदा गरेका राम्रा कामहरु जनतालाई वुझाउदै पार्टी नेताहरुमा देखिएको गलत चरित्रलाई पनि सुधार्नुपर्ने बताए ।

अनेरास्ववियु केन्द्रीय सदस्य एवं रुकुमपूर्व इञ्चार्ज रामचन्द्र केसीले विद्यार्थीहरुलाई विद्यालय तहमै अनुशासनको पाठ सिकाउन नसक्दा आन्दोलनको भावना र मर्म सहि हुँदाहुँदै पनि गलत तत्वको प्रवेशलाई रोक्न नसक्दा आजको यो परिस्थिति सृजना भएको बताए ।
कार्यक्रममा जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै श्रीकृष्ण गौतम, प्रतिक गौतम, सन्तोष गिरि, संगित शर्मा, मञ्जलि वुढा, समिर हमाल, विशाल ओली, रोहण खड्का, अनुशा शर्मा, रोजिता शर्मा, प्रकृति शर्मालगायतले युवा पुस्तालाई आरक्षणको रुपमा होइन नेतृत्व गर्न सक्ने गरी नेतृत्व विकासमा सक्षम बनाउन पार्टीले ध्यान दिनुपर्ने र जेन्जी आन्दोलनले उठाएका धेरै कुराहरु सकारात्मक रहेको कारण ग्रहण गदै आगामी दिनमा कार्यान्वयनमा लैजानुपर्ने सुझाए ।
उनीहरुले सामाजिक संञ्जाल बन्द गर्नुपूर्व त्यसका कारण र प्रभावका वारेमा आम युवाविद्यार्थी, जनतालाई सचेत गराउन नसक्दा त्यसको नकारात्मक प्रभाव सडकमा देखिएको र सडकलाई असल जेन्जीभन्दा गलत तत्वले हस्तक्षेप गरी गलत दिशामा देशभर आतंक फैलाएको बताएका थिए ।
कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष गोपाल रेउले, केन्द्रीय सल्लाहकार परिषद् सदस्य नन्दलाल शर्मा, प्रदेश कमिटी सदस्य, फत्यकुमारी ओली, प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य बलबहादुर केसी, रुकुम पूर्व काठमाण्डौ सम्पर्क मञ्च अध्यक्ष गोरखबहादुर केसी।, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अनिल केसी, अनेरास्ववियु रुकुम पूर्ब अध्यक्ष तेजेन्द्र खड्काले धारणा राखेका थिए ।

Leave a Reply