‘जेनजी मन्त्री’ भनेर प्रचारित नामप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तारको कसरत गररहँदा ‘जेनजी मन्त्री’ का रूपमा प्रचार गरिएका नामप्रति जेनजी अगुवा मिराज ढुंगानाले आपत्ति जनाएका छन् ।

आफूहरूसँग सल्लाहबिना ‘जेनजी मन्त्री’ तय गरिएको भए त्यो स्वीकार्य नहुने उनको भनाइ छ ।

नेपाल प्रेससँग कुरा गर्दै ढुंगानाले अहिलेसम्म जेनजीबाट कसलाई मन्त्री बनाउने भनेर आफूहरूसित छलफल नगरिएको बताए ।

उनले भने, ‘उहाँहरूलाई कुन जेनजीले सिफारिस गरेको हो थाहा भएन । आन्दोलनमा कुनै भूमिका नभएकाहरूलाई कदापी स्वीकार गर्दैनौं ।’

ढुंगानाले प्रधानमन्त्रीसँग आफूले यस विषयमा कुरा राख्ने बताए ।

जेनजीबाट मन्त्री बनाउन लागिएको र सोमबार सपथ खुवाउने तयारी गरिएका भन्दै चार युवायुवतीको नाम हिजो केही मिडियाबाट प्रवाहित गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *