नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले खुलायो भ्याकेन्सी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि भ्याकेन्सी खुलाएको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट एक सुचना प्रकाशित गर्दै क्यानले प्रमुख प्रशिक्षकका लागि भ्याकेन्सी खुलाएको हो । अक्टुबर २५ सम्मका लागि आवेदन खुला गरिएको छ ।

क्यानले महिला क्रिकेट टीमलाई अन्तरराष्ट्रिय स्तरको प्रशिक्षण दिई राम्रो नतिजा दिन सक्ने क्षमता भएको हुनुपर्ने उल्लेख छ ।

महिला क्रिकेट टीमको जिम्मेवारी यसअघि मनोज कटुवालले सम्हालेका थिए । पूर्व क्रिकेटर समेत रहेका कटुवाल घरेलु क्रिकेटका सफल प्रशिक्षकको रुपमा स्थापित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *