
काठमाडौं । मेन्टल हेल्थ फ्रोफेसनल्स असोसिएशन नेपालले विपदका समयमा सहज बनाउने उद्देश्यसहित निःशुल्क मनोसामाजिक सहयोग प्रदान गरेको छ ।
असोज १८ मा आएको अति भारी वर्षा र त्यसका कारण आएको बाढी प्रभावित स्थलका बालबालिकाहरुलाई मनोसामाजिक सहयोगका लागि कार्य गरिएको असोसिएसनका सहसचिव बासु आचार्यले जानकारी दिए ।
असोसिएसनले कीर्तिपुरमा पहिलो दिनको क्याम्प सम्पन्न गरेको थियो भने दोस्रो दिन बल्खुमा गरिएको थियो । जहाँ शारीरिक र मानसिक स्वास्थ्यका विभिन्न आधारभूत सेवा प्रदान गरिएको अचार्यले बताए ।
शिविरमा गृहमन्त्री ओमप्रकाश अर्यालसमेत उपस्थित भइ हौसला प्रदान गरेका थिए । उक्त कार्यक्रमलाई स्वास्थ्य मन्त्रालय, काठमाडौं महानगर, शुक्रराज ट्रपिकल, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत निकायको सहकार्यमा उक्त कार्यक्रम आयोजना भएको हो ।


Leave a Reply