बालेन र हर्क साम्पाङ एकै ठाउँमा उभिन निश्चल बस्नेतको अनुरोध

काठमाडाै‌ । चलचित्र निर्देशक निश्चल बस्नेतले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङलाई एक ठाउँमा उभिन अनुरोध गरेका छन् ।

हर्क साम्पाङको लागि भोट माग्ने आफू पनि एक भएको भन्दै उनले फेसबुकमार्फत भनेका छन्, ‘प्रिय हर्क सर ,
बिन्ती गर्छु देश र शहिद भाईबहिनीहरु सम्झेर दुवैजना(बालेन र हर्क) एक ठाउमा आईदिनुस । अरुको कुरा सुनेर आवेग हैन , एक अर्काको कुरा सुनेर योजना बुन्नुस् ।’

हर्कजस्तो देशभक्त जनसेवकले सरकार चलाउन् र आउने पुस्तालाई देशको फेरिएको स्वरूप देखाओस् भनेर जेनजीले परिवर्तन ल्याएको समेत बस्नेतको भनाई छ । साथै बालेनप्रति फैलाइएका नकारात्मक कुराहरूको प्रमाण हल्ला फैलाउनेहरूसँग माग्न पनि बालेन समर्थकलाई अपिल गरका छन् ।

‘प्रमाण भएपछि संगै जाउंला मुद्दा दर्ता गर्न । बालेनको देशप्रतिको माया उसको फेसबुक स्टाटसमा मात्र नखोज्नुहोला,’ बस्नेतले भनेका छन्, ‘बालेन आफू बद्नाम हुन तयार छ तर, देश बद्नाम हुने कुनैपनि तत्वसंग मिल्दैन । देशलाई माया गर्ने तपाई हामी बिचकै मान्छे हो बालेन । मेरो बिश्वास हो बालेन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *