
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। सानेपामा जारी पदाधिकारी बैठकमा महामन्त्री थापाले मंसिरमै नियमित महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन्।
महामन्त्री थापा र इतर पक्षका नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले सभापति देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै हस्ताक्षर संकलन गरिरहेको बेलामा नियमित महाधिवेशनकै प्रस्ताव गरेका हुन्।
अहिलेको कार्यसमितिको म्याद मंसिरमा नै सकिने भएकाले कार्यकाल नथपी महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्। गगन र अर्का महामन्त्री विश्वप्रकाश शर्माको सक्रियतामा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाएपछि संस्थापन पक्ष रुष्ट थियो।
जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएकाले देउवाले भने उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिने विकल्पसहित छलफलमा छन्।
आजको पदाधिकारी बैठकमा नआएको देउवा २६ गतेको केन्द्रीय समितिमा सहभागी हुने तयारी छ।

Leave a Reply