छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की नाताले मेरो जेठान हो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्की नाताले आफ्नो जेठान रहेको बताएका छन्।

भक्तपुरमा एमालेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू छानबिन समितिलाई सहयोग गर्न तयार रहेको बताए।

उनले भने, ‘जेनजीहरुले भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीलाई कारबाही गर्ने भने त्यसमा हाम्रो समर्थन छ। मेरो छिमेकी नाताले जेठान गौरीबहादुर कार्की छानबिन समितिको अध्यक्ष हुनुहुन्छ। हामी छानबिन समितिलाई सहयोग गर्न तयार छौँ। हाम्रा बारेमा केही प्रश्न उठेको छ भने छानबिन गर्नुस्। छानबिन सुरु गर्दा नेपालको नम्बर एक भ्रष्टाचारी कुलमान घिसिङबाट गर्नुस्।’

उनले अर्थमन्त्री रामेश्वर खनालमाथि पनि छानबिन गर्न माग गरे। २३ गते १९ जनाको हत्या भएको विषयमा छानबिन गर्न माग गरे। उनले पार्टी अध्यक्ष केपी ओलीले गोली हान्न आदेश दिएको प्रमाण देखाउन चुनौती दिए।

विदेशीको योजनामा सार्पसुटर ल्याएर आन्दोलनको नाममा हत्या गरिएको दाबी गर्दै बालेन शाहमाथि पनि छानबिन हुनुपर्ने बताए। उनले केपी ओलीलाई पक्राउ गरे देशभर आगो बाल्ने चेतावनी दिए। २५ गते युवा संघले तीनकुनेबाट मोटरसाइकल र्‍याली निकालेर एमालेको तागत देखाउने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *