७२ दिनमै फ्रान्सको सरकार ढलेको भन्दै जेन-जीलाई सुदनले सम्झाए ३ कुरा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री सुदन किरातीले जेन-जीले बुझ्नुपर्ने कुरा भन्दै विश्व इतिहासमा ७२ दिनमै श्रमिकहरूको पहिलो सरकार ढलेको स्मरण गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटसमार्फत किरातीले १८७१ को फ्रान्सको सरकार ढलेको प्रसंग उप्काएका हुन् ।

उनले लेखेका छन्-
जेनजीले बुझ्नु पर्ने कुरा :

विश्व इतिहासमा श्रमिकहरुको पहिलो सरकार विभत्स ढंगले ७२ दिनमै ढलेको थियो ।
मुख्य कारणहरु :
१. अनुभवको कमी, पुरानो सत्ताको बलियो संयन्त्र, पुरानो शक्तिलाई सत्ता गुमेको चरम पीडा ।
२. आन्तरिक कलहले नेतृत्व विभाजित हुँदा मुख्य काममा केन्द्रित हुन नसक्नु ।
३. प्रतिशोधपूर्ण सोचाइ भयो तर राष्ट्रिय एकतामा ध्यान पुगेन ।

परिणाम स्वरुप ७२ दिनमा श्रमिकहरुको सरकार ढल्यो र हजारौं श्रमिकहरुलाई फासीमा झुण्डाएर मृत्युदण्ड दिइयो । हजारौंलाई जेल हालियो र कतिलाई देश निकाला गरिएको थियो ।
घटना : २८ मे १८७१ फ्रान्सको पेरिस ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *