
इलाम । अविरल वर्षासँगै गएको पहिरोमा परी इलाममा ठूलो जनधनको क्षति भएपछि यतिबेला नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले राहत वितरण सुरु गरेको छ।
बुधवार युवा संघका अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले इलामको माइ नगरपालिकामा राहत वितरण सुरु गरेको युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।
प्रवक्ता पौडेलका अनुसार बुधवार बाढीले सबैभन्दा बढी प्रभावित माइ नगरपालिका-७ चेप्टी गाउँमा राहत वितरण गरिएको हो।
बाढीले सो गाउँ नै ध्वस्त बनाएको छ। युवा संघले बाढी प्रभावित परिवारलाई प्रतिपरिवार एक बोरा चामल, खाने तेल दुई लिटर, नुन, मरमसला, पिभीसी, म्याट लत्ताकपडा, ब्ल्यांकेट, डस्ना, जुत्ता चप्पल वितरण गरिएको छ। युवा संघले बाढी प्रभावित सबै स्थानीय तहमा राहत वितरण गर्ने तयारी गरेको छ।
जेनजी आन्दोलनपछि दलका नेता, कार्यकर्ता निष्क्रिय रहेका बेला युवा संघले भने बाढी पहिरो प्रभावित क्षेत्रमा राहतको प्याकेज लिएर जनताकहाँ पुगेको छ।


Leave a Reply