
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपाल र कुवेतबिचको खेलमा कुशल भुर्तेल प्लेयर अफ द म्याछ बनेका छन् ।
नेपाललाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका कुशल प्लेयर अफ द म्याछ बनेका हुन् । नेपाललाई ५८ रनले जित निकाल्न उनले बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा महत्त्वपूर्ण योगदान दिए ।
ब्याटिङमा ५६ बलमा ६६ रन बनाएका उनले बलिङमा एक विकेट लिए । १ ओभर एक बल बलिङ गरेका कुशलले १ विकेट लिन सफल भए। फिल्डिङमा उनले कुवेतका कप्तानको क्याच लिएका थिए।

Leave a Reply