
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ ।
ओमनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले संयमित ब्याटिङ गरे । एकातर्फ लगातार विकेट गैरहेको अवस्थामा कुशलले नेपालको स्कोरलाई माथी उठाए ।
उनले ५६ बलमा ६६ रनको योगदान दिए । गुल्सन झाले आक्रमण ब्याटिङ गरे । उनले ६ बलमा २० रन बनाए ।
आसिफ शेख २, कप्तान रोहित पौडेल १६, कुशल मल्ल ४, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी १९ रनमा आउट भए। बलिङमा कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दमाराले समान २-२ विकेट लिए।

Leave a Reply