
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दैछ ।
कुवेतविरुद्धविरुद्ध मुख्य प्रशिक्षक स्टुअर्ट लले दुई स्पिनरलाई प्लेइङ-११ मा राख्दै करण केसीलाई बेन्चमा राखेका छन् ।
स्पिनर सन्दीप लामिछाने र ललित राजवंशी प्लेइङ-११ मा छन् । प्लेइङ-११ रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, ललित राजवंशी र सोमपाल कामी ।

Leave a Reply