देशभरका जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न चाहने व्यक्तिहरूका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ।

आयोगका अनुसार इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत फारम भरेपछि जुनसुकै नजिकको निर्वाचन कार्यालयमा गई फोटो खिचाउने र बायोमेट्रिक दिने सक्ने छन्।

‘कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि https://applyvr.election.gov.np/बाट अनलाईन फाराम भरी जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ ।’ आयोगले जारी गरेको सूचनामा भनिएको छ ।

साथै काठमाडौं उपत्यकाभित्र रहेका जिल्ला निर्वाचन कार्यालय, काठमाडौं (मिनभवन), ललितपुर (जावलाखेल) र भक्तपुर (सल्लाघारी, सिर्जनानगर) मा समेत उक्त सेवा लिन सकिनेछ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *