नेताहरूको मात्रै सम्पत्ति छानबिन गरेर पुग्दैन : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक नेताहरूको सम्पत्तिमाथि छानबिन सुरु भएकोमा खुसी व्यक्त गरेका छन्।

उनले नेताहरुको मात्रै नभएर परिवार, नातेदार र अन्य निकटसम्मको पनि छानबिन गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको छ। तर छानबिन नेताको मात्र गरेर पुग्दैन उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ।

उनले नेताहरूको सम्पत्ति छानबिनको माग आफूहरुले लामो समयदेखि गर्दै आएको पनि बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *