पूर्वसभामुख सापकोटाले संसद सचिवालयलाई फिर्ता गरे सरकारी गाडी

काठमाडाैं । पूर्वसभामुख अग्नि सापकोटाले सरकारी गाडी फिर्ता गरेका छन्। सरकारले पूर्व पदाधिकारीहरूलाई दिएकाे सवारी साधन फिर्ता गर्ने निर्णय गरेसँगै पूर्वसभामुख सापकाेटाले गाडी फिर्ता गरेका हुन्।

दशैंलगत्तै कार्यालय खुलेको पहिलो दिन मंगलबार संसद् सचिवालयलाई गाडी फिर्ता गरेकाे सापकाेटाकाे सचिवालयले जनाएकाे छ।

सापकाेटाकाे सचिवालयले भनेकाे छ, ‘मन्त्रीपरिषद्को निर्णयअनुसार संघीय संसद सचिवालयले प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपलब्ध गराएको BAC 2731 नम्बरको सवारी साधन दशैंलगत्तै कार्यालय खुलेको पहिलो दिन २०८२ असोज २१ गते मंगलबार संसद सचिवालयलाई फिर्ता गरिएको जानकारी गराउँछौं।’

यसअघि पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीले पनि गाडी फिर्ता गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *