
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन शाहको योजनामा हामी नेपालका संयोजक सुधन गुरुङ आफूलाई पक्राउ गराउन हिँडेको आरोप लगाएका छन्।
पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइएको जिकिर गरे।
उनले भने, ‘हामीलाई पक्राउ गर्नुपर्छ भनेर सोसल मिडियामा ट्रेन्ड चलाउँछन्। र प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा डेलिगेसन जान्छन्।’
सुधनलाई विदेशीलाई एजेन्टको रूपमा प्रयोग गरेर सरकारी उच्च तहको बैठकमा समेत पठाएको उनको दाबी छ। उनले जेनजी आन्दोलनको क्रममा भएको घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गरे।
उनले रवि लामिछानेलाई जेलबाट छुटाउन नख्खु कारागार पुगेका डिपी अर्याल, मनिष झा, ज्वाला संग्रौलालगायतमाथि पनि छानबिन गर्न माग गरे।

Leave a Reply