
काठमाडौं । सुधन गुरुङलगायत जेन-जी आन्दोलनकारीले पक्राउका लागि सरकारलाई दबाब दिइरहेका एमाले नेता महेश बस्नेतले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
एक महिलाले साइबर ब्युरोमा उनीविरुद्ध दिएको उजुरीमाथि अनुसन्धान अघि बढेका बेला महेश बस्नेतलाई पक्राउ गर्न दबाब दिइएको छ । बस्नेतले ब्युरोमा गएर बयान समेत दिएका छन् । जेन-जी आन्दोलनमा आफ्नो घर आगजनी र लुटपाटपछि आक्रोशित बनेका बस्नेतले जेन-जीका नाममा आतंककारी गतिविधि गर्नेहरूको पहिचान गरेर कारबाही गर्ने बताएका थिए ।
त्यसयता उनको र सुधन गुरुङबीच आरोप-प्रत्यारोप चलिरहेको छ । बस्नेतले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सबै विषय प्रष्ट पार्ने बताएका छन् । उनकै पहलमा एमाले अध्यक्ष केपी शर्मा ओली गुण्डुमा बसिरहेका छन् ।

Leave a Reply