डीएसपी यादव सातदोबाटोबाट तानिए, नयाँ जिम्मेवारी चन्दलाई 

काठमाडौं । प्रभावकारी सुरक्षा व्यवस्था गर्न नसकेको आरोपमा ललितपुरस्थित प्रहरी वृत्त, सातदोबाटोका डीएसपी रामकुमार यादव हटाइएका छन् । त्यहाँ अर्की डीएसपी पूर्णिमा चन्द खटिएकी छन् ।

जेनजी आन्दोलनका क्रममा यादवको क्षमतामाथि प्रश्न उठेपछि उनलाई हटाइएको प्रहरी स्रोतले जनायो ।

त्यहाँ गएकी डीएसपी चन्द जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रशासन शाखामा कार्यरत थिइन् । यसअघि उनले प्रहरी वृत्त, स्वयम्भूको नेतृत्व गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *