
काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन काठमाडौं प्रहरी परिसर पुगेका छन् ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर पुगेका हुन्।
उनीहरूले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुधनलाई आरोपित गरेका छन्।
यता आजै हामी नेपालका संस्थापक गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिए लगत्तै अनेराश्ववियुले काउन्टर दिएको हो।
ओली र लेखकविरूद्ध आएको जाहेरी प्रहरीले बुझेर जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगमा पठाएको छ।

Leave a Reply